Sunday, January 30, 2011

चर्या तिन आमाका (कथा) Rashi Pande


चर्या तिन आमाका (कथा)
राशि पाण्डे, चाबहिल , काठमाण्डौ
एक
उनी गत तिन महिनादेखि थलापरेकी थिइन् जिउ सुकेर हाड छाला मात्र थियो तर आँखा चहकिला बोली प्रस्ट माघकोे महिना, औँसीको चिसो रात आकाशमा डम्म बादल लागेर पानी पर्लापर्ला जस्तो मौसम वास्तवमा उनी मृत्युशय्यामा थिइन् उनी आफ्नो विगतमा पुगिन्जन्मदिने बुबाआमा, सासूससुरा, पति, छोराछोरी, इष्टमित्र, सँगीसाथीहरू, घरखेत सबै चलचित्रझैं आँखा अगाडि सग्बगाउन लागे  ....
आफ्नो चारैतिर आँखा घुमाइन्बुहारी, छोरी, नातिनीहरू तथा गाउँका अन्य बुढापाकाहरू चारैतिरबाट घेरेर दाउराको धुनी ताप्दै आँखाभरि आँसु लिएर रोइरहेका पर खाटमा उनको एक्लो छोरो झोक्राएर बसिरहेको उनले सम्झिन्,– तिनतिनवटा छोरीहरू जन्माएपछि चौथो सन्तानको रूपमा उनले बल्ल छोरो जन्माएकी थिइन् छोराकी आमा भएपछि लोग्न, सासूससुरा सबैकी प्यारी भएकी थिइन् पाँच, पाँच वर्षसम्म आफ्नो छातीको दुधमात्र चुसाएर हुर्काएको छोरो एक दिन प्याक्क ¥यो छोरा मरेको दिन चूडामणिकी  बुढी चामल पैंचो माग्न आएकी थिइन् मानिसहरू भन्दथे उनी बोक्सी हुन्, टुनामुना गरेर मारिन् उनकी सखी नारानकी आमाले भनेकी थिइन्, “औँसीको रातमा बोक्सीले मारेको बच्चालाई ब्युँताएर मन्त्र साधना गर्दछन्, त्यति बेला बच्चा छोप्न सकिन्छ
कति आँैसीको रात उनीहरू छोरो गाडेको ठाउँ, मसानघाटमा बोक्सीलाई रुँगेर बसेका थिए बल्ल यो अहिलेको छोरो पाएपछि उनको मन शान्त भएको थियो
नारायण, नारायण भत्रुहोस् बजैपण्डितजीको बोली कानमा परेपछि उनको तन्द्रा भङ्ग भयो बल्लबल्ल जन्माएको छोरालाई कुखुरीले चल्ला छोपेजस्तो गरी हुर्काएकी थिइन् उनले पच्चिस वर्षकै उमेरमा बिधुई भएपछि खेतीपाती घर, व्यवहार सबै उनैले चलाएकी थिइन् छोरालाई कहिले कुनै पनि काम गर्न दिइनन्, कुनै दुःख हुन दिइनन् बिधुई भएपनि उनले घर, समाज सबै रिझाएर राखिन् आफ्ना सङ्घर्षका दिनहरू सम्झेर उनको आँखाभरि आँसु आयो
राम, राम भत्रुस् बजै आरामले जानुहोस् शान्तिले जानुहोस्,  बजै स्वर्गमा बास होस् हामी सबैले ढिलोचाँडो एक दिन जानै पर्छपण्डित बाजेले मुखमा गङ्गाजल राख्दै भने
महाराजी बाजेयस्तो जाडामा, यस्तो चिसामा मेरो छोरो कसरी मलामी जान्छ ? कसरी किरिया बस्छ ?”  पुरेत बाजैलाई रुँदै बिलौना गरिन्  
शिव, आमा नजिक आऊकसैले  बजैको छोरालाई डाक्यो छोरा केही अन्यमनस्क भावमा आमा छेउ आइपुग्यो अनि ह्वास्स रक्सीको गन्ध छरियो वरपर बज्यैले छोराको हात च्याप्प समाइन् मेरो छोरो आज यस्तो चिसो स्याँठमा नाङ्गो खुट्टाले कसरी मलाई मसानघाट पु¥याउँछ ? कस्तो पापी रहेछु, आजैको दिन यस्तो जाडामा मर्नुपर्ने ? कहिले सिन्को नभाँचेको मेरो छोराले यत्रोबाटो कसरी मलाई बोकेर लान्छ ?  चिसो पानीले कहिल्यै ननुहाएको मेरो छोरो यस्तो चिसामा कसरी नुहाउँछ ?” उनी भक्कानो छाडेर रुन लागिन्
राम, राम भत्रुस् बजै, राम राममानिसहरू रुन, कराउन लागे
नाडी गयो, छैन नाडी, लौ लौ तुलसा मोठ लगौँ ट््याउँट्याँउ बोलिरहेकीको स्वर एक्कासि भासिँदै गयो हरे शिवको मुखबाट अन्तिम वाक्य निस्कियो मानिसहरूले उनलाई उत्तर सिरान पारी सुताए तुलसा मोठमा वातावरणमा आइमाईहरू रोएको कोलाहल व्याप्त भयो   बजैले बिस्तारै आँखा चिम्लिन्
दुई
रातको निस्तब्धतामा, छाप्रोमा एउटी आमा छोरालाई काखमा गुटुमुटु पारेर पल्टेकी छिन् उनको आँखाबाट बलिन्द्र धारा आँसु झरिरहेका छन् अनायास बालकको निद्रा खुल्छ, “आमा तपार्ईँ रुनुभएको ? बुवाले पिट्नु भयो ? मलाई ठुलो हुनदिनुस् , मैले जानेको छु बाउलाई ......”
सानो छोरा आमाको आँसु पुछिदिन्छ, सहानुभूति दिन्छ, जँड््याहा बाबुप्रति आक्रोश पोख्तै आमा बालकलाई च्याप्प छातीमा टाँस्छिन्, म्वाइँ खान्छिन्, सुखद भविष्यको कल्पना गर्दै .....
धेरै समय बितिसकेको आज बालक छोरो जवान भैसक््यो बुढा मरे आमा विधवा भइन् जीवन जसोतसो चलिरहेछ पहिले उनको काखमा छोरा सुत्तथ्यो, अचेल छोराको छोरानाति
आमा, नातिलाई गुटुमुटु पारेर पल्टेकी छिन् नेपथ्यबाट आवाज आउँछ  खै के राखिदिएका थिए मेरा बाउले ? कत्ति पढाइदिएका थिए मलाई ? आपूm रक्सी पिउँदापिउँदा सबै सम्पत्ति मासेर मरे .... यो मर्न नसकेकी  बुढी मेरो मासु लुछन् अझै बाँचेकै ....”
रातको चकमत्रतामा उनकोप्यारोछोराको कर्कश आवाज गुन्जन्छ वरपरका घरमा टुकी बल्छन् पर कुकुरहरू भुक्न लाग्छन् आमै लोग्नेलाई सम्झन्छिन् उनी बाल्यकालमा छोराले दिएको वचन सम्झन्छिन्  अनि आफ्नै कर्मलाई दोष दिन्छिन् आँसुको भेल झन् बढ्छ गुमसुम भएर सुतेको त्रस्त नाति बिउँझन्छ   हजुरआमाको चाउरिएको गाला सुम्सुम्याउँदै भन्छ, “हजुर आमा,  तपार्ईँ रुनु भएको ? बुबाले गाली गर्नु भयो ? बुवा नराम्रो हगि ? सधैँ रक्सी खाएर आउनुहुन्छ ? पर्खनोस्, मलाई ठुलो हुन दिनोस्, मैले जानेको छु बुवालाई ...” 
(“आमा नाति केटास्रष्टा दर्पण, वर्ष , अङ्क , २०६५)

तिन
एउटा स्थानीय गैरसरकारी संस्थाले आयोजना गरेको नारी अधिकार सम्बन्धी कार्यक्रममा सहभागी हुन आएकी थिइन् उनी, तर मन गोष्ठीमा रम्न सकेको थिएन घरको काम लथालिङ्ग रहेको गाई दुहन ढिलो भैरहेको थियो
घर फर्कदा साँझ पर्न लागि सकेको थियो गोठमा बाँधेको गाईको कल्चौँडो गानिएर छट्पटाइरहेथ्योे बाछो भोकले बाँ बाँ गरी कराइरहेको हतारहतार उनी बाल्टी लिएर दुध दुहुने सुरसार गर्न लागिन् उनले देखिन् गाईका आँखा रसाएका छन् आखामा आँसु आएको किन आजलक्ष्मीरोइन् ? उनी मनमनमा कुरा खेलाउन लागिन् गाईको जुनी पनि के जुनी ? दिनभरि बाँधेर राख्छन् भोकप्यास केही भन्नु छैन मन लागेमा एक मुठी घाँस पराल दियो, फुर्सतको बेला पानी दियो बाछाबाछी पायोे, आफ्नो सन्तानलाई माया दिनु छैन, बच्चालाई पेटभरि दुध पनि खुवाउन पाँइदैन, मानिसहरूले नै सबै दुध खाइदिन्छन् कहिलेकाहीँ बारीको हरियोपरियो खाइदियो भने वा दुध दुहुदा छट्पटायो भने बुढाले मरुनज्याल पिटिहाल्छन् बिचरा ! गाईको जस्तो जुनी कसैले नपाओस् हे, नारान, अर्को चोलामा गाई भएर जन्मनु नपरोस् धन्य यो गाई छे गुजारा चलेकै , दुध पनि खाइएकै , थोरबहुत आम्दानी पनि गरिएकै अनि, उनी गाईलाई सुम्सुम्याउँछिन्, माया गर्छिन्, उनका आँखा पनि रसाउँछन्
गाईले पनि आफ्नी मालिक्नीलाई चिन्दछ उनले दिएकोे माया बुझ्छ उनको आँखाको आँसु पनि देख्दछ गाईको मनमा पनि हुरी चल्छकिन आज यी आइमाई रोएकी होलिन् ? के भयो ? के कारणले आँसु झारिन यिनले ? गाईको मनमा पिर पर्दछअहो ! एकाबिहानै उठ्छिन्, मेरो गोबर, गउँत सोहर्छिन्, चारा दिन्छिन, मेरा सन्तानलाई स्याहार गर्छिन्, दुध दुहुन्छिन् मलाई सन्चो नहुँदा खुबै स्याहारसुसार गर्छिन् मेरो शरीरमा किर्ना पर्नु हुन्न, मलाई झिँगो, लामखुट्टेले टोक्यो भनेर घुर लगाउछिन्, जाडोमा आढ्नेले ढाक्छिन्   गाई सोच्दछ्, यिनी भए मेरो बेहालै हुने थियो हरे ! यिनलाई एकछिन फुर्सत छैन्, एकाबिहानैदेखि अबेर रातसम्म खटिरहन्छिन्, तर पनि लोग्नेबाट गाली सुन्नै पर्दछ, कहिलेकाहीँ पिटाइ नै खानुपर्छ धिक्कार , आइमाईको जिन्दगी, अर्को जुनीमा आइमाई भएर जन्मन नपरोस्   (“गाई आइमाईकृषि पत्रिका, वर्ष , अङ्क १५, २०६५)